काठमाडाैं । प्रहरी प्रधान कार्यालयका ४ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ ।
प्रहरीको मुख्यालयमा कार्यरत १ जना हवल्दारसहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएको बताइएकाे छ । यद्यपि प्रहरी प्रधान कार्यालयले भने याे सूचना सार्वजिनक गरेकाे छैन ।
हवल्दारमा कोरोना पुष्टि भएपछि उनी बस्ने ब्यारेकका १६-१७ जना प्रहरीको परीक्षणका लागि स्वाब नमुना लिएर आइसोलेसनमा राखिएको छ ।
प्रहरी प्रवक्ता डिआइजी नीरजबहादुर शाहीले भने कार्यरत ४ जना प्रहरीलाई ज्वरो आएपछि प्रहरी अस्पताल पठाइएको जानकारी दिए । ‘ज्वरो देखिएपछि प्रहरी अस्पतालमा पठाएका छौं । काेराेना हाे हाेइन, मन्त्रालयले जानकारी गराउला ।'
अहिलेसम्म देशभर नेपाल प्रहरीका १ सय २० जना कोरोना संक्रमित भएकामा १ सय जना निको भइसकेका छन्।
प्रकाशित मिति: आइतबार, साउन ११, २०७७