काठमाडाैं । वीरगन्जस्थित गण्डक अस्पतालमा उपचाररत कोरोना संक्रमित १७ वर्षीया किशोरीको मृत्यु भएको छ ।
नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले उपचारको क्रममा शुक्रबार उनको मृत्यु भएको जानकारी दिए ।
नारायणी अस्पतालको अस्थायी कोभिड अस्पतालमा उपचाररत परवानीपुर ८ बाराकी १७ वर्षीया किशोरीको शुक्रबार मृत्यु भएको हो।
जापानिज इन्सेफ्लाइटिसको आंशकामा वीरगन्ज हेल्थ केयर सेन्टरमा उपचाररत उनको आरडिटी पोजिटिभ देखिएपछि शुक्रबार बिहान ९ बजे कोभिड अस्पतालमा रेफर गरिएको थियो।
युवतीको शव आजै सेनाले व्यवस्थापन गर्ने तयारी गरेको छ।
योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ ।
यसअघि आजै गण्डक अस्पतालमै उपचाररत ८५ वर्षीया वृद्धाको पनि कोरोनाका कारण मृत्यु भएको थियाे ।
प्रकाशित मिति: शुक्रबार, साउन ९, २०७७