काठमाडौं। नेपालमा शुक्रबार थप १ सय ३३ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका २७ प्रयाेगशालामा गरिएकाे परीक्षणमा १ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
यससँगै नेपालमा काेराेना संक्रमितको संख्या १८ हजार ३ सय ७४ पुगेकाे छ।
यसैगरी पछिल्लो २४ घण्टामा १ सय ७ जना काेराेना संक्रमित निकाे भएर डिस्चार्ज भएकाे गाैतमले जानकारी दिए । यससँगै हालसम्म डिस्चार्ज हुनेहरुकाे संख्या १२ हजार ९ सय ४७ पुगेकाे छ ।
काेराेना भाइरसकाे संक्रमणका कारण नेपालमा ४४ जनाकाे मृत्यु भइसकेकाे छ।
प्रकाशित मिति: शुक्रबार, साउन ९, २०७७