वीरगन्ज । कोरोना भाइरसको संक्रमणबाट पर्साको वीरगन्जमा १ वृद्धाको मृत्यु भएको छ ।
वीरगन्ज महानगर ११ श्रीपुरकी ८५ वर्षीया महिलाको मृत्यु भएको हो । वीरगन्जको गण्डक अस्थायी कोभिड अस्पतालको आइसाेलेसनमा भर्ना भएर उपचार गराइरहेकी ८५ वर्षीया महिलाको उपचारका क्रममा शुक्रबार बिहान मृत्य भएको हो ।
निमोनियाबाट ग्रसित वृद्धाको स्वास्थ्यमा समस्या आएपछि वीरगन्जकै एडभान्स अस्पतालमा भर्ना गरिएको थियो ।
उपचारका क्रममा वृद्धामा कोरोनाको संक्रमण पुष्टि भएपछि एडभान्स अस्पतालले गण्डक अस्पतालमा रिफर गरेको थियो । ती वृद्धा उपचारका लागि बिहीबारमात्रै गण्डक अस्पतालमा भर्ना भएकी थिइन् ।
योसँगै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ।
प्रकाशित मिति: शुक्रबार, साउन ९, २०७७