काठमाडौं । नेपालमा बिहीबार थप १ सय ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहीबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ सय ४७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको जानकारी दिए ।
योसँगै नेपालमा कोरोना संक्रमितकाे संख्या १८ हजार २ सय ४१ पुगेको छ।
प्रवक्ता गाैतमका अनुसार बिहीबार थप १ सय ५६ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । योसहित नेपालमा हालसम्म १२ हजार ८ सय ४० जना उपचारपछि निको भएका छन् ।
नेपालमा हालसम्म ४३ जना संक्रमितको मृत्यु भइसकेको छ ।
प्रकाशित मिति: बिहीबार, साउन ८, २०७७