वीरगन्ज । नेपालमा काेराेना भाइरसकाे संक्रमणका कारण थप १ जनाकाे मृत्यु भएकाे छ ।
वीरगन्जमा गत मंगलबार मृत्यु भएका व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हाे ।
वीरगन्ज माइस्थानका ७० वर्षे वृद्धको उपचारको क्रममा नारायणी अस्पताल मातहतको कोभिड–१९ अस्थायी अस्पतालमा साउन ६ गते मृत्यु भएको थियो ।
वृद्धको मृत्यु भएपछि गरिएको परीक्षणमा उनमा कोरोना पोजेटिभ देखिएको हाे ।
स्वास स्वासप्रस्वासमा समस्या देखिएका उनलाई अस्पताल भर्ना गरिएको थियो ।
यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।
प्रकाशित मिति: बिहीबार, साउन ८, २०७७