काठमाडाैं । बुधबार नेपालमा थप १ सय जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १ सय जना काेराेना संक्रमित थपिएका हुन्।
यससँगै देशभर हालसम्म संक्रमितको संख्या १८ हजार ९४ पुगेको छ ।
त्यस्तै गत २४ घण्टामा २ सय ७ जना कोरोनाबाट निको भएका छन् ।
यीसहित हालसम्म कुल १२ हजार ६ सय ८४ जना कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ।
यसैगरी नेपालमा कोरोना भाइरसकाे संक््रमणका कारण मृत्यु हुनेकाे संख्या ४२ पुगेकाे छ।
पछिल्लाे २४ घन्टामा मृत्यु हुनेमा धनुषाका ६० वर्षीय एक पुरुष र ४९ वर्षीया चिनियाँ महिला छन् ।
धनुषाका ६० वर्षीय एक पुरुषको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा ७ बजे मृत्यु भएको हो ।
त्यस्तै चिनियाँ महिलाको भने काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारत अवस्थामा मृत्यु भएको हो ।
प्रकाशित मिति: बुधबार, साउन ७, २०७७