काठमाडाैं । धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मंगलबार राति ७ बजे महोत्तरीका ६० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका प्रवक्ता डा दिनेश सापकोटाले जानकारी दिए ।
यससँगै नेपालमा काेराेनाका कारण मृत्यु हुनेकाे संख्या ४१ पुगेकाे छ ।
महोत्तरी जिल्लाकाे महाेत्तरी गाउँपालिका–३ मोरइका ६० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएकाे हाे ।
बिरामी भएर उपचारका लागि प्रतिष्ठान पुगेका ती पुरुषकाे स्वाब परीक्षण गर्दा काेराेना पाेजेटिभ आएपछि साउन १ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।
बिरामीमा रुघाखोकी र ज्वरो आएको थियो । अस्पताल ल्याएको दिन उनको स्वाब परीक्षण गरीएको थियो । सोही दिन पोजिटिभ आएको उनले जानकारी दिए ।
‘उहाँ बिपीमा उपचारमा आउँदा नै निकै गम्भीर अवस्थामा हुनुहुन्थ्यो, त्यसैले आइसियुमा राखेर उपचार भएको थियो,’प्रवक्ता डा सापकोटाले भने, ‘काेराेना पोजेटिभ देखिएपछि आइसोलेसनमा राखेका थियौं ।’
प्रकाशित मिति: बुधबार, साउन ७, २०७७