काठमाडौं । सरकारले वर्षातको समयमा पानीजन्य संक्रामक रोगहरु बढ्ने हुँदा सजग रहन आग्रह गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण धेरै स्थानमा बाढी पहिरो जाँदा पानीका मुहानहरू फोहोर हुने र पानीजन्य रोग फैलिने सम्भावना बढी हुँदा सचेत रहन आग्रह गरे ।
पानीमा प्रदूषण बढ्ने सम्भावना भएकाले झाडापखाला, आउँ, हेपाटाइटिस, टाइफाइड, आँखा पाक्ने, रुघाखोकी जस्ता सरुवा रोग लाग्न सक्ने भन्दै गाैतमले यसबाट बच्न अनुराेध गरेका हुन् ।
यसका लागि पानी उमालेर वा निर्मलीकरण गरेर मात्र पिउन उनले सुझाव दिएका छन् ।
त्यसैगरी बाढी पहिरो जस्ता विपत्तिका कारण धेरैजना एकै ठाउँमा जम्मा बस्नुपर्ने भएकाले कोरोना संक्रमणबाट बच्ने उपाय अवलम्बन गर्न पनि उनले आग्रह गरे ।
प्रकाशित मिति: सोमबार, साउन ५, २०७७