काठमाडौं । नेपालमा साेमबार थप १ सय ८६ जनामा कोराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशका २७ वटा प्रयाेगशालामा गरिएकाे परीक्षणमा १ सय ८६ जना संक्रमित पाइएकाे जानकारी दिए ।
विगत २४ घण्टामा २७ प्रयोगशालाबाट ४ हजार २ सय १६ जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
गाैतमका अनुसार काठमाडाैं उपत्यकामा ३ जनामा संक्रमण देखिएकाे छ । काठमाडौंका २ र ललितपुरका १ जनामा काेराेना पाेजेटिभ पाइएकाे हाे ।
यससँगै नेपालमा काेराेना संक्रमितकाे संख्या १७ हजार ८ सय ४४ पुगेकाे छ। जसमध्ये हाल सक्रिय संक्रमितको संख्या ५ हजार ९ सय ३६ छ ।
यसैगरी पछिल्लो २४ घण्टामा १ सय ७३ जना निकाे भएर डिस्चार्ज भएका छन् । योसँगै नेपालमा काेराेना निकाे हुनेकाे संख्या ११ हजार ८ सय ६८ पुगेको छ । याे संख्या कुल संक्रमितकाे ६६.५१ प्रतिशत हाे ।
नेपालमा काेराेना भाइरसकाे संक्रमणका कारण हालसम्म ४० जनाकाे मृत्यु भइसकेकाे छ।
प्रकाशित मिति: सोमबार, साउन ५, २०७७