काठमाडाैं । नेपालमा आइतबार थप १ सय ५६ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्मध्ये काठमाडाै उपत्यकाका ३ जना छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशका २७ वटा प्रयाेगशालामा गरिएकाे परीक्षणमा साे संख्यामा संक्रमित भेटिएका हुन् ।
प्रवक्ता गौतमका अनुसार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा भक्तपुरका २ र काठमाडौँका १ जनामा कोरोना पुष्टि भएको हो।
आइतबार पुष्टि भएकाे संक्रमितकाे संख्या शनिबारकाे तुलनामा करिब तेब्बर हाे । शनिबार नेपालमा ५७ जनामा मात्रै काेराेना पुष्टि भएकाे थियाे ।
याेसँगै देशभर हालसम्म कोरोना संक्रमितको संख्या १७ हजार ६ सय ५८ पुगेको छ ।
यसैगरी विगत २४ घण्टामा विभिन्न अस्पतालबाट ५८ जना कोरोनामुक्त भएर घर फर्किएका छन् ।
यससँगै हालसम्म ११ हजार ६ सय ९५ जना कोरोनामुक्त भएर घर फर्किएका छन् ।
प्रकाशित मिति: आइतबार, साउन ४, २०७७