काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५७ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा साे संख्यामा संक्रमित भेटिएकाे जानकारी दिए ।
यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या १७ हजार ५ सय २ पुगेको छ।
यसैगरी १ सय ३ जना कोरोना संक्रमित डिस्चार्ज भएको उनले जानकारी दिए । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या ११ हजार ६ सय ३७ पुगेको छ ।
मन्त्रालयका अनुसार अहिले क्वारेन्टाइनमा २३ हजार २ सय ७५ छ । ५ हजार ८ सय २५ जनाको आइसोलेसनमा उपचार भइराखेको छ ।
कोरोनाबाट नेपालमा ४० जनाको मृत्यु भइसकेको छ ।
प्रकाशित मिति: शनिबार, साउन ३, २०७७