काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय १ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका २७ प्रयोगशालामा गरिएको परीक्षणमा साे संख्यामा संक्रमित थपिएकाे जानकारी दिए ।
योसँगै नेपालको कोरोनाका सक्रिय संक्रमितको संख्या ५ हजार ८ सय ७१ पुगेको छ भने जम्मा संक्रमितको संख्या १७ हजार ४ सय ४५ पुगेको छ।
यसैगरी नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ८५ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या ११ हजार ५ सय ३४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ६६.१२ प्रतिशत संक्रमित निको भएका छन् ।
पछिल्लो २४ घण्टामा २७ वटा प्रयोगशालामा ४६८६ जनाको पिसिआर परीक्षण गरिएको थियाे ।
प्रकाशित मिति: शुक्रबार, साउन २, २०७७