काठमाडाैं । नेपालमा बिहीबार थप १ सय ६७ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार देशभरका २७ वटा प्रयोगशालामा गरिएकाे परीक्षणमा १ सय ६७ जना संक्रमित थपिएका हुन् ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ३ सय ४४ पुगेको छ ।
यसैगरी बिहीबार थप २ सय १३ जना काेराेना संक्रमित निकाे भएर घर फर्किएका छन् । यससँगै निको हुनेको संख्या ११ हजार २ सय ५९ पुगेको छ । याे कुल संक्रमितकाे ६४ दशमलव ८५ प्रतिशत हाे ।
अहिलेसम्म नेपालमा कोरोनाका कारण ३९ जनाको मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए ।
प्रकाशित मिति: बिहीबार, साउन १, २०७७