काठमाडौं । नेपालमा कोरोना भाइरसकाे संक्रमणका कारण थप १ जनाकाे मृत्यु भएकाे छ ।
रौतहटका ३६ वर्षीय कोरोना संक्रमित पुरुषको बुधबार दिउँसो उपचारका क्रममा मृत्यु भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता जागेश्वर गौतमका अनुसार रौतहटका परवा नगरपालिका वडा ७ का ३६ वर्षीय पुरुषको मृत्यु भएको हो ।
प्रवक्ता डा गौतमले नारायणी अस्पताल वीरगन्जमा आईसियुमा उपचारका क्रममा बुधबार २:३० मा उनकाे मृत्यु भएको जनाए ।
योसँगै नेपालका काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या ३९ पुगेको छ ।
प्रकाशित मिति: बुधबार, असार ३१, २०७७