काठमाडाैं । नेपालमा सोमबार थप १ सय ४४ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले विगत २४ घण्टामा १ सय ४४ जना काेराेना संक्रमित थपिएकाे जानकारी दिए ।
यससँगै नेपालमा कोरोना संक्रमितकाे संख्या १६ हजार ९ सय ४५ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ६ हजार ६ सय १३ रहेको छ ।
साेमबार थपिएकामध्ये काठमाडौं उपत्यकाका मात्र ९ जना छन् । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार काठमाडौंका ३, भक्तपुरका १ र ललितपुरका ५ जना गरी सोमबार ९ जना संक्रमित थपिका हुन्।
यसैगरी सोमबार कोरोना निको भएर १ हजार ७ सय ५ जना घर फर्किएका छन् । यससँगै अहिलेसम्म कोरोना निको भएर १० हजार २ सय ९४ जना घर फर्किसकेका छन् ।
काेराेना संक्रमणका कारण हालसम्म नेपालमा ३८ जनाकाे मृत्यु भइसकेकाे छ ।
प्रकाशित मिति: सोमबार, असार २९, २०७७