काठमाडाैं । मंगलबार नेपालमा थप २ सय ४ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा २ सय ४ संक्रमित थपिएका हुन् ।
योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १६ हजार १ सय ६८ पुगेको छ । कोरोनाको संक्रमणबाट अहिलेसम्म ३५ जनाको मृत्यु भएको छ ।
त्यस्तै २४ घण्टामा ६ सय ८८ जना कोरोनाबाट निको भई घर फर्किएका छन् । याेसँगै ७ हजार ४ सय ९९ निको भई घर फर्किएका छन् ।
प्रकाशित मिति: मंगलबार, असार २३, २०७७