काठमाडाैं । संसदीय समितिले सूचना प्रविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेकाे छ । आइतबार बसेकाे प्रतिनिधिसभाअन्तर्गतकाे विकास तथा प्रविधि समितिबाट सूचना प्रविधि विधेयक बहुमतले पारित भएको हो ।
समितिमा लामो समयदेखि छलफलमा रहेको उक्त विधेयकका केही दफा संशोधन गर्न सुझावसहित पारित गरिएको समितिकी सभापति कल्याणीकुमारी खड्काले जानकारी दिइन् ।
निकै समयदेखि कांग्रेसको अवरोधका कारण विधेयक पारित हुन सकेको थिएन । पारित विधेयकका केही दफा संशोधन भएको र कैद जरिवाना बढाइएको बताइएकाे छ । विधेयकमाथि काँग्रेसले साइबर बुलिङलगायत ५ विषयमा फरक मत राखेकाे थियाे ।
यस्ताे थियाे पेस भएकाे विधेयकः
प्रकाशित मिति: आइतबार, पुस १३, २०७६