औषधी विज्ञान तर्फ २०१६ को नोवल पुरस्कार जापानी वैजानिक योशिनोरी ओसुमीलाई प्रदान गरिएको छ। ओसुमीलाई उनले सन् १९९० को दशकमा पत्ता लगाएको मेकानिजम फर अटोफेजी नामक खोजका लागि नोबल पुरस्कार प्रदान गरिएको हो। अटोफेजीले कुनै पनि बिग्रंदै गएको तथा प्रयोगविहिन बन्दै गएको कोशको तत्वलाई पुन प्रयोग गर्न मिल्ने बनाइदिन्छ। दि कोरालिस्का इन्सिच्युटले अटोफेजी मेकानिजम प्यानक्रियाशन, मधुमेह तथा क्यान्सर जस्ता विभिन्न रोगसँग सम्बिन्धीत रहेको बताएको छ।
औषधी विज्ञानमा ५० वर्ष अगाडी नै यस अवधारणाको खोज भएको भएपनि आसुमीले सन् १९९० मा प्रयोगमा ल्याएको अटोफेजी मेकानिजमले यसको अवधारणामा परिवर्तन ल्याएका थिए।
ओसुमी सन् १९४५ मा जापानको फकुओकामामा जन्मिएका हुन्। उनी हाल टोकियो इन्सिच्युट अफ टेक्नोलोजीमा प्रफेशरका रुपमा कार्यरत छन्।
प्रकाशित मिति: सोमबार, असोज १७, २०७३