वीरगन्ज- सडकको कालोपत्रे नटिकेको र खराब सडकले सवारी दुर्घटना हुँदा मानिसले ज्यान गुमाउनु परेको जस्ता खबर दिनदिनै आइरहँदानेपालमा भित्रिने बिटुमिनको गुणस्तर परीक्षण नगर्ने गरिएको तथ्य फेला परेको छ। सडक, राजमार्ग र विमानस्थलको रन–वे बनाउन प्रयोग गरिने प्रमुख वस्तु हो बिटुमिन , जसलाई बोलचालमा अलकत्रा वा पिच भन्ने चलन छ। निर्माण गरिएको संरचनाको माथिल्लो सतह चिल्लो र लचिलो बनाउनेदेखि भित्री तहसम्म मजबुत आधार दिन प्रयोग गरिने यो निर्माण सामग्री नेपालमा गुणस्तर परीक्षणबिना बेलागमा भित्रन्छ।
भन्सार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७२/७३ मा ४० हजार ५ सय ३१.७३२ मेटि्रक टन बिटुमिन नेपाल भित्रिएको छ। जसको गुणस्तर परीक्षण गरिएको रेकर्ड कतै छैन।नेपालभर गत आवमा भारतबाट मात्र २६ हजार २ सय २.६५६ मेटि्रक टन बिटुमिन आयात भएको छ। त्यस्तै साउदी अरबबाट १२ हजार ९ सय २५.४३५ मेटि्रक टन, सिंगापुरबाट ९ सय ९.६६१ मेटि्रक टन र मलेसियाबाट ४ सय ९३.९२० मेटि्रक टन बिटुमिन आएको छ।
प्रकाशित मिति: सोमबार, असोज १७, २०७३