गर्मीयाम सुरु हुनासाथ देशैभर मौसमी रुघाखोकी र ज्वरोका बिरामीको संख्यामा वृद्धि भएको छ । जसलाई जनबोलीमा भाइरल ज्वरो भनिन्छ । देशका विभिन्न सरकारी तथा निजी अस्पतालमा भाइरल ज्वरोका बिरामीको चाप बढ्न थालेको तथ्यांक प्राप्त भइरहेको छ ।
भाइरल ज्वरो मौसम परिवर्तन हुने बेलामा लाग्ने सामान्य रोग हो । यस्तो प्रकारको ज्वरोका कारण शरीरको तापक्रम बढ्नुका साथै रुघाखोकी, चिसो लाग्ने, शरीर दुख्ने, घाँटीमा समस्या आउने जस्ता लक्षणहरु देखा पर्छन् ।
के हो भाइरल ज्वरो ?
*भाइरल ज्वरो कुनै एक किसिमको भाइरसको कारणले लाग्ने रोग नभई यो विभिन्न प्रकारका भाइरसका कारण हुने संक्रमण हो । त्यसैले यस्तो प्रकारको ज्वरोको उपचार यसको लक्षणको आधारमा गर्ने गरिन्छ ।
भाइरल ज्वरो आउने कारणः
*विभिन्न भाइरसबाट संक्रमित खाना या पानीको सेवनले भाइरल ज्वरो आउन सक्छ ।
*दूषित हावामा स्वास लिँदा स्वासको मार्फतबाट पनि भारइस शरीर भित्र प्रवेश गर्छ । जसले भाइरल ज्वरो निम्त्याउँछ ।
*कुनै संक्रमित व्यक्तिको सम्पर्कबाट पनि यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ ।
भाइरल ज्वरोका लक्षणहरुः
*चिसो लाग्नु
*रुखाखोकी लाग्नु तथा नाकबाट सिँगान बग्नु
*टाउको तथा शरीर दुख्नु
*वान्ता हुनु
*पखाला लाग्नु भाइरल ज्वरोबाट बच्ने उपायहरु
भाइरल ज्वरोबाट बच्ने उपायहरु:
*उमालेको, छानेको अथवा फिल्टर गरिएको शुद्ध पानी मात्र पिउने,
*घरमा उपयोग हुने तौलिया (गम्छा) लाई दैनिक धुने अथवा दैनिक परिवर्तन गर्ने,
*खोक्दा वा हाच्छ्युँ गर्दा मुखमा रुमाल राख्ने,
*लामखुट्टेबाट बच्न रिपेलेन्ट वा झुलको प्रयोग गर्ने,
*घर बाहिरको तथा सडक किनारमा राखिने खाना नखाने,
*घर बाहिर निस्कनुअघि मुख र नाक ढाकिने गरी मास्क लगाउने,
*धेरै भीडभाड हुने स्थानहरु जस्तै फिल्म हल, मल आदिमा नजाने या कम जाने,
भाइरल ज्वरो निको पार्ने घरेलु उपायः
*आलुलाई स्लाइस बनाएर तासेर भिनेगरमा भिजाउने । यसलाई कुनै सफा कपडामा पोको पारेर टाउकोमा राख्नाले यसले फाइदा गर्छ ।
*निम्बु वा कागती काटेर पैतालामा लगाउने वा मोजाभित्र राखेर रातभर लगाएर सुत्ने ।
*लसुनलाई पिनेर एक चम्चा महको साथमा खाने । सर्स्यूंको तेलमा लसुन मिसाएर पैतालामा मालिस गर्ने ।
*चार गिलास पानीमा २०/२५ वटा तुलसीको पात, बेसारको टुक्रा र ३/४ वटा ल्वाङ राखेर उमाल्ने । हरेक दुई घण्टामा यो पानी पिउने ।
*नीमको कोमल पात चपाउने, नीम पानीले नुहाउने तथा नीमको पातलाई कोठामा राख्नाले पनि फाइदा पुर्याउँछ । -एजेन्सी
प्रकाशित मिति: आइतबार, वैशाख २९, २०७६