वृद्धावस्था जसलाई कुनै बेला परिपक्व, आनन्द, प्रगाढ, ज्ञान, अनुभव, कोष र मानवि गरिमाको पर्याय मानिन्थ्यो । तर आजको परिस्थितिमा सर्वत्र भार प्रतित भएको देखिन्छ ।
अधिकांश मानिस यो अवस्थामा दुःखी देखिन्छन् । उनीहरू यो स्थितिको दोष या त आफ्नो भाग्यलाई या भगवान्लाई दिन्छन् या फेरि आजको समाजलाई गालीगलौज गरेर सन्तोष मान्छन्, तर लक्ष्य ठीक यसको विपरीत छ । वृद्धावस्थाको क्षोभको कारण उ आफैँ हो । साँचो त यो हो कि चिन्तनको विकृतिको कारण त्यो असामयिक वृद्धावस्थाको कारण स्वतः ओढ्छ ।
फ्रेंक एंड वेगनाल्स कम्पनीद्वारा एक पुस्तक प्रकाशित भयो –स्टेइंग यंग वियोंड योर डयर्स लेखक हुन् –डा. एच. डब्लु. हेगर्ड । यो पुस्तकमा लेखकले भनेका छन् कि कारयता वृद्धवस्थाको जननी हो । एक जर्मन नामक चिकित्सा क्रिस्टोफर विलहेल्स ह्युफल्याण्डले आफ्नो मैक्रोडिओटिया नामक पुस्तकमा लेखेका छन् कि हाम्रो भावनात्मक बानीले नै हामीमा बुढेसकाल ल्याईदिन्छ । यदि हामी निराश, उदास चिन्ताग्रस्त, मनोवृत्तिका छौं भने वृद्धावस्था शीघ्र आउने सुनिश्चित छ । उनी भन्छन् कि चिरयुवा बनिरहने सूत्र प्रसन्नता एवम् प्रफुल्ल्ता हो ।
हाइनिया नामक पत्रिकामा डा.ए.सी. आडतीले डा. रेमण्ड पार्लद्वारा गरिएको पर्यवेक्षणको निष्कर्ष उल्लेख गरेको छन् । डा. रेमण्डले ५००० व्यक्तिहरूको अध्यायन गरे जो ९० बर्ष भन्दा माथिका थिए । अध्यायनको निष्कर्ष योे निस्कियो कि एक विशेषता सबैसँग जोडिएको थियो – निश्चितताको जीवनक्रम । आशावादि दृष्टिकोण प्रसन्नता एवम् प्रफुल्लताले परिपूर्ण मनोभूमि ।
वृद्धावस्थाको कारण बताउँदै गेलेट वर्गेस लुक एलेविन डायर्स यंगर नामक पुस्तकमा लेख्छन् कि एकाकी एवम् एकान्तप्रिय मनोवृत्ति चिन्ता एवम् निराशाको कारण बन्छ । यो प्रवृत्ति यो कुराको परिचायक हो कि वृद्धावस्था छिटै आउनेवाला छ । उदासी, खिन्नत, निराशा हुँदाहुँदै कुनै पनि शक्तिसम्पन्न बनिरहने प्रयात्न उपयोगी सिद्ध हुन सक्दैन । धेरै दिनसम्म जीउनु छ –चिरयौवनको आकाङ्क्षा पुरा गर्नू छ भने मानिसमा घुलमिल हुन सिक्नुस् । सदा प्रसन्न रहनुस् र हरेक सानो ठुलो काममा रुचि लिनुस् ।
लिविंग नामक पत्रिकामा एण्डुज एलन नामक विद्वानले वृद्धावस्था नआउनुको ६ सूत्रीय योजना प्रकाशित गराएका थिए जुन हर व्यक्तिको मनोबलतालाई उच्च बनाईराख्ने – चिरयौवनको आनन्द लिने कुञ्जी हो । त्यो सूत्र यस प्रकार छ ।
१) भूतकालको कल्पनामा आफ्नो समय निरर्थक नगुमाउनुहोस् । यौवनको दिन जीवनमा अग्रसर हुनका लागि संघर्षको दिन हो । र अनिश्चिततालाई आमन्त्रित गर्नु विवेक सम्मत छैन । संघर्षको त्यो अवस्थालाई अब तपाईले पार गरिसक्नुभएको छ । आनन्द अतीत हैन, वर्तमान हो र वर्तमान आफ्नो बोलीमा आनन्दको भण्डारका लागि अगाडि उभिएको छ । ढिला मात्र आमन्त्रण स्वीकार गर्नेको हो ।
२) अतीतलाई आफ्नो असफलतामा क्षोप प्रकट गर्न नदिनुु्स् । त्यसबाट प्रेरणा लिनुस् र वर्तमानलाई कुशलतापूर्वक उपयोग गर्नूस् ईश्वरलाई धन्यवाद दिनुुस् जसको सहारामा तपाईले जीवनको पूर्वाद्धको संघर्ष पार गर्नूभयो । अब त केवल जीवनको आनन्द लिनु तपाईका लागि अवशेष हो । चिन्ता छोड्नुस् र प्रकृतिको अक्षय आनन्दको भण्डारलाई आफनो हातमा समेटेर सदा प्रसन्न रहनुस्
३) यदि तपाई केही बढि आयुको देखिनुहुन्छ भने त्यसको चिन्ता अलिकति पनि नगर्नूस् । अतीतको संघर्षको कारण अनुहारमा चाउरी देखिन थाल्छ र प्रौढ परिपक्ताको द्योतक हो । जसलाई देखेर मानिसहरू सम्मान दिन्छन् । त्यसलाई परिपक्कताको चिन्ह मानेर गर्व अनुभव गर्नू तथा अनुभवको लाभ अरुलाई दिनु नै यो आयुको वास्तविक सदुपयोग हो ।
४) अधवैंसे आयुमा लम्बा चौडा अनेकौं योजना बनाउनाले व्यक्ति अरु संकटमा पर्छ । कैयौं कार्यमा हात भन्दा आफ्नो सामथ्र्य एवम् स्थिति अनुरुपको एउटा कार्यमा मन लगाउनु धेरै राम्रो हो अनावश्यक भाग – दौड एवम् चिन्ताले थकाई लाग्छ र बुढेसकालको प्रभाव देखिन्छ । काम गर्नूस् तर आफ्नो सामथ्र्य अनुरुप र साथै विकासको उपेक्षा पनि नगर्नूस्
५) कहिल्यै यो नसोच्नुस् कि हाम्रो क्षामताको इतिश्री यहिसम्म छ । नवीन स्फुर्तिका लागि नयाँ दिशाको खोजि गर्नुस् नयाँ काम सिक्नमा मन लगाउनुस् । नयाँ नयाँ खोजले तपाईलाई आनन्द दिनेछ ।
६) भविश्यको आवश्यक चिन्ता उचित छैन । कहिल्यै यो नसोच्नुसु कि संसारले हामीलाई यसकारण छोडिदिने छ कि हाम्रो शक्ति क्षीण भईसकेको छ । यो सोच्नु निराशालाई जन्म दिनू हो, वास्तवमा यो हो कि संसारलाई अनुभवशिलको मर्ग – दर्शनको विशेष आवश्यकता छ । उमेरले तपाईलाई अनुभवको पुजी दिएको छ । यसको सदुपयोग गर्नमा पछाडि नहट्नुस् । आत्मविश्वास सदा बनाई राख्नुस् ।
योग्यता, प्रतिभा एवम् अनुभवको दृष्टिले उमेरको उत्तराद्र्ध पक्ष सर्वाधिक महत्वपुर्ण हुन्छ, तर हेर्ने हो भने अधिकांशको उमेरको यो पक्ष यतिकै बेकार जान्छ । कारण स्पष्ट छ अनावश्यक चिन्ता एवम् आशङ्कको कारण कुसमयमा बुढेसकाल हावी हुन्छ । यो साँचो हो कि अवस्था अनुरुप शरीरिक चिन्ह प्रकट हुन्छ । कपाल फुल्नु, कान कम सुन्नु यस्ता चिन्ता असमर्थताको हैन उमेर अनुरुप परिवर्तनको लक्षण हो । जसलाई एक सिमासम्म रोक्न सकिन्छ, तर यसलाई बुढेसकालको असमर्थताको लक्षण मान्नु धेरै ठुलो गल्ती हो ।
संसारको पर्दामा सयौं व्यक्ति भएका छन्, जो जीवन पर्यन्त युवा उमंगले भरपुर बनिरहे । उमेर अनुरुप शारीरिक परिवर्तन त उनीहरूमा पनि देखियो, तर यी लक्षणहरूलाई उनीहरूले आफुमाथि हावी हुन दिएनन् । हर क्षणको त्यहि त्यहि उत्साह एवम् उमङ्कग उपयोग गरे जति युवावस्थामा । मनोवैज्ञानिक क्षेत्रमा यो मान्यता जोडमा पुग्दै गइरहेको छ, जीवन यौवनको सम्बन्ध उमेरसँग हैन, मन–स्थितिसँग छ । यने सन्तुलित प्रसन्नचित्त बनिरहन्छ भने मानिस सदा बुढेसकालबाट बाँचिरहन सक्छ । गान्धी ८० बर्षको उमेरमा पनि आफुलाई युवक मान्थे । यो अवस्थामा पनि उनको स्फुर्ति देख्दै थाहा हुन्थ्यो ।
यसको रहस्योद्घाटन गर्दै उनले एक पटक भनेका थिए –मैले कहिल्यै पनि परिस्थितिलाई आफु माथि हावी हुन दिईनँ । आफ्नो समयको प्रत्येक क्षणको सदुपयोग गर्नू एवम् अनावश्यक चिन्ताबाट मनलाई मुक्त राख्नु नै मेरो चिरयौवनको रहस्य हो ।
चर्चिल बुढेसकाललाई एक गल्ती मान्दथे । उनको भनाई यस्तो थियो, “वृद्धावस्था पाकेको फल समान छ । जसमा मिठास धेरै छ । यो उमेरमा मानिस समाजका लागि धेरै उपयोगी सिद्ध हुनसक्छ ।” जर्ज बनार्डशाको भनाई छ, “प्रकृतिको वास्तविक आनन्द जीवनको उत्तराद्र्धमा नै उठाउन सकिन्छ । भुतकालको अनुभवबाट प्रेरणा लिएर मानिस संसारको अनन्द लिदै समाजको लागि धेरै उपयोगी हुनसक्छ ।” उनी भन्छन्, “बुढेसकाललाई म जीवनको अभिशाप मान्छु ।”
मनस्थिति निराश एवम् आशङ्काले ग्रस्थ छ भने असमयमा नै वृद्धावस्थाकोे चिन्ह प्रकट हुनथाल्छ र मानिस आफुलाई असमर्थता, असाहाय, अनुभव गर्न थाल्छ । यो स्थितिबाट बच्नका लागि शक्ति एवम् सामथ्र्य अनुरुप रचनात्मक कार्यमा संलग्न रहनु श्रेयस्कार छ सत्कार्यमा निरन्तर रहनाले आत्मसन्तोषको अनुभुति हुन्छ जसले स्वएम् जीवनलाई अरु धेरै श्रेष्ठताले जीउने प्रेरणा दिन्छ ।
-एजेन्सीकाे सहयाेगमा
प्रकाशित मिति: मंगलबार, वैशाख १७, २०७६