- प्रा.डा. सुरेन्द्र केसी
विश्लेषक
नेपालको इतिहासकै बलियो कम्युनिष्ट पार्टीको दुई तिहाईको सरकार छ । कसरी लिनुभएको छ ?
मैले दुई पार्टीको एकतालाई अप्राकृतिक,अस्वभाविक, हठात् भएको रहस्यात्मक एकता हो भनेको थिएँ । पहिलो , एकतै हुन सक्दैन । भइहाल्यो भने पनि त्यसले कुनै परिणाम दिँर्दैन, दिइहाल्यो भने पनि त्यो देश र जनताको पक्षमा हुँदैन । ती भित्रका टाठाबाठा , भाइभतिज,आफन्त,श्रमिान्,श्रमितलाई केही कुरा भए पनि वृहत्तर नेपाली जनताका पक्षमा केही हुँदैन भन्ने मेरो विश्लेषण थियो । अहिले मैले अनुमान गरेभन्दा पनि घिन लाग्नेगरि यो बाहिर आएको देख्छु । यो एकताको त्यस्तो अर्थ मैले केही पनि देखेको छैन ।
नेकपाका अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बनेको वर्ष दिन वितिसकेको छ । सरकारको कामकारवाहीबाट सन्तुष्ट हुनुहुन्छ ?
चुनावमा जे गर्छु भनेर मत मागेका हुन् त्यो विषय प्रवेश नै भएको देख्दिँन । सरकारमा आएपछि उनीहरुले आफै केही विषय उठान गरे । जस्तो, उनीहरुले सडकको खाल्डाखुल्डीको कुरा , समयमा काम नगर्ने ठेकेदार कारवाहीको कुरा, सिण्डिकेटको कुरा, सुनकाण्डको कुरा र एनजीओलाई पारदर्शी गर्ने कुरा उठाए । त्यो चाहीँ गर्लान् कि भन्नेमा हामी निककै ने भ्रमित भयौं । वास्तविकताकै अधारमा यी कुरा उठाए होलान् भन्ने थियो । किनभने यीनीहरुले कम्युनिष्टको सरकार हो, वामपन्थीको सरकार हो, शक्तिशाली सरकार हो भनेका थिए । त्यसपछि हो की त भन्ने लागेको थियो । गएको १० वर्षमा मात्र ३८ क्विन्टल सुन तस्करी भएको रहेछ । यत्रो कुरा त हामीलाई केही पनि थाहा थिएन । सडकको खाल्डाखुल्डी र समयमा ठेक्का पुरा नगर्ने कुरा पनि यीनीहरुकै मान्छेले कब्जा गरेका कारण नभएको रहेछ ।
त्यो कुरा पनि थाहा थिएन । गृहमन्त्रीले भन्दै थिए की भ्रष्टहरु,तस्करहरु,माफियाहरु, राजश्वमाराहरु, देशलाई उँभो लाग्न नदिनेहरुलाई कारवाही नगरि छोड्दिँन । सानो माछामा अल्झिन्न,ठुलै माछा नसमाई छोड्दिन भन्थे । माओवादी, मगरका छोरा हो की त भन्ने पनि लाग्यो हामीलाई । नेपाली जनताले उठाएका पनि होइनन् । उनीहरु आर्फैले उठाएका कुरा समेत यीनीहरुले अवरुद्ध गरेर निष्कर्षहिन अवस्थामा ल्याएर छोड्दिए । प्रधानमन्त्री न्यूयोकृको सम्मेलनबाट फर्केर आउने क्रममा गरिबी ७ महिनामा आको हो ? खाल्डाखुल्डी हामीले बनाको हो ? भनेर उफ्रँदै हुनुहुन्थ्यो । यी केही दृष्टान्तलाई आधार मान्ने हो भने सरकारको ७ महिनाको गतिविधि ,अहिले भइरहेको अवस्था र भोली आउन सक्ने अवस्थामा मैले आशा गर्ने ठाउँ देखेको छैन । बलात्कारीलाई समेत कारवाहीको दायरामा ल्याउन सरकारले सकेको छैन । उल्टै बलात्कार प्रकरणलाई धोइपखाली गरेर अपराधी र अपराधको निशानालाई नै नामेट पार्ने कुरामा नेपाल प्रहरीजस्तो सरकारको औपचारिक संयन्त्र पनि लागिरहेको अवस्था छ । यो हेर्दा सरकारको शुरुवात हेर्दा ठिक छैन । हामी आलोचना गरिरहेका छौं । यसको अभिप्राय सरकार सच्चियोस् भन्ने नै हो ।
तपाईंले प्रस्तुत गरेका दृष्टान्त हेर्दा त कतै हामी असफल राष्ट्र बन्ने दिशातर्फ त गइरहेका छैनौं भन्ने पो देखिन्छ । अवस्था त्यस्तै हो वा तपाईं बढी नै भावनामा बगेर यी कुरा भनिरहनुभएको छ ?
असफलताकै यो नमूना हो । विहानीले दिनको संकेत गर्छ भनिन्छ । अहिले जे भइरहेको छ यही विहान हो भने त यसको दिन डरलाग्दो छ । यो सरकार ५ वर्ष पुरै जान्छ भन्ने पनि छैन । सायद अब नेपालको सार्वभौमिकतामाथी प्रहार हुने होकी भन्ने देखिन्छ । राज्य टुक्राउँछु भन्दा पनि राज्यले केही गर्न सक्दैन । हरेक दिन बलात्कार,हत्याका घटना भइरहँदा राज्यको उपस्थिती देखिँदैन । नागरिकहरुकोबिचमा विद्वेषको भावना रहनु र एक महिला सांसदको संसदमा अभिव्यक्ति सुन्दै थिएँ कसैले पनि यो संविधानलाई तराइृमा लागु गर्न सक्दैन । त्यसो हो भने त असफल राज्यतिर गइहाल्यो नी त यो । तर, नेपाली जनता सद्भावमा बसेका, राज्यको नीति नियमप्रति आस्थाभाव राख्ने भएका कारण कुटाकुट,अस्तव्यस्ततातिर गएको मनोविज्ञान जस्तो चाहीँ लाग्दैन । तर, अहिलेको रुझानचाहीँ एउटा विष्फोटक परिवेशतर्फ त जाँदैन भन्ने दोसाँधमा उभिएको कुरा भने पक्का हो ।
सरकार अस्थिर भएका कारण देश विकास हुन सकेन भन्ने मत नेपालमा बलियो थियो । अहिले त्यस्तै, संसदको अंकगणित हेर्दा बलियो सरकार छ । स्थिर र बलियो सरकारसँगै आर्थीक विकासको गतिमा देश हिँड्ला भन्ने नागरिकको अपेक्षा कुन बाटोमा जाँदै गरेको देख्नुहुन्छ ?
गणित निर्णायक हुँदैन । गणित एउटा तत्व मात्र हुन्छ । गणित आउनासाथ स्थायित्व र सुशासन अनि समृद्धि हुन्छ भन्ने कुरा होइन । यीनीहरुले कस्ता मान्छेलाई मन्त्री बनाउँछन् । कस्तो भाषा बोल्छन् । त्यसमा पनि भर पर्छ । यो संसदीय शासन प्रणाली भनेको नैतिकवान,शिक्षित र जवाफदेही मान्छेहरुले चलाउने प्रणाली हो । दक्षिण एसियाको यो भागमा चाहीँ शिक्षा, इमान्दारिता, निष्ठा, पारदर्शिता भन्ने कुरा प्राय जनजिवनमा छैन । जस्तो, बाराक ओबामाको आम्दानी कति हो भन्ने कुरा म अहिले यहीँ भन्न सक्छु । ओबामाको आम्दानी वकिल मात्र हुँदा वार्षिक आम्दानी १८ लाख डलर थियो । राष्ट्रपति हुँदा उनको आय घटेर १२ लाख डलर भयो । तपाईं भन्नसक्नुहुन्छ अहिले प्रचण्डको आय कति छ ? केपी ओलीको आम्दानी कति छ ? अरु नेताहरु कसको आय कति छ भनेर हामी भन्न सक्छौं ? केही पनि भन्न सक्दैनौं ।
कोमल वली कसरी सांसद भइन् हामी केही पनि भन्न सक्दैनौं । मोहनचन्द्र अधिकारी किन बाटोमा मागेर हिँडिरहेका छन् केही भन्न सक्छिौं हामी ? त्यसकारण गैरजवाफदेही र असंवेदनशिल संस्कारमा जवाफदेही र संवेदनशिल प्रणाली एकाकार हुनै सक्दैनथ्यो । तर, हामीले त्यो कुरामा बढी जोड दिएनौं । शेरबहादुर देउवा प्रधानमन्त्री भएको पालामा तत्कालिन सरकारका प्रवक्ता रहेका सञ्चारमन्त्रीले त नेपालको अबको भविष्यको प्रधानमन्त्री आरजु देउवा हुन् सम्म पनि भने । कांग्रेसमा आरजु देउवाको के योगदान हो र उनको प्रधानमन्त्री हुने के ल्याकत हो ? यो खालको शासनशैली हाम्रो भएको हुनाले आजको अवस्था आइराखेको छ ।
तपाईंले संसदीय व्यवस्था सुहाउँदो हाम्रो राजनीतिक पार्टी र नेतृत्व भएन भनेर भन्नुभयो । के अहिले देखिएको समस्या व्यवस्था र त्यो व्यवस्था हाँक्नेहरुबिच तालमेल नहुँदाको कारण हो भन्नु खोज्नुभएको हो ?
व्यवस्था आफैमा समस्या होइन । तर, यो व्यवस्थालाई थाहा पाउनुपर्यो नि त । योग्यताक्रम,जवाफदेहीता र पारदर्शिता संसदीय व्यवस्थाका मलभूत तत्वहरु हुन् । योग्यताक्रम ‘राइट म्यान राइट प्लेस’, ‘पुरस्कार र दण्ड’ गर्न सकिन्छ नी । यो गर्नै नसकिने ठुलो कुरा त होइन नी । तर, कोही मान्छे पनि ‘राइट म्यान राइट प्लेस’ हुँदैन यहाँ । अर्को कुरा, जसले जे गल्ती गरेपछि उ जवाफदेही छैन यहाँ । जस्तो भक्तपुरमा बचचा मारियो, बबरमहलमा मारियो, कञ्चनपुरमा बालिका बलात्कार गरियो । त्यसको जवाफदेहीता कसको हो ? पञ्चायतकालमा दशरथ रंगथशालामा हावाहुरी चल्यो ।भाग्दा मान्छे म¥यो । त्यसको जवाफदेहीता तत्कालिन शिक्षा तथा खेलकुदमन्त्रीले लिएर राजीनामा दिए । जवाफदेहीता कसैको त हुनुपर्ने हो । तर, जवाफदेहीता पनि दखिएन । मैले पारदर्शीताको कुरा गरेँ । कञ्चनपुरको घटनामा प्हरलिे जुन रिपोर्ट प्रस्तुत ग¥यो । अघिल्लो दिन नै पीडितको बाबुको नक्कली ल्याप्चे लगाएको रहेछ भन्ने कुरा गृहमन्त्रीले भन्नुभयो । हामीलाई प्रहरीले ‘मिस लिड’ ग¥यो प्रधानमन्त्रीले नै भन्नुभयो । तर, यसमा कसैलाई कारवाही हुँदैन । जवाफदेहीता कसैको पनि बन्दैन । संसदीय शासन प्रणाली जहाँ बाट ल्याइयो त्यो संवेदनशिल र जवाफदेहीपूर्ण थियो । अहिले जहाँ लयाएर अभयास गरियो ती मानिसहरु बर्बर र जंगली भए । त्यसकारण विरोधाभाष पैदा भयो । यसले गर्दाखेरी देशले ठिक बाटो लिन सकेन ।
वर्तमान सरकार र प्रधानमन्त्रीलाई अहिलेसम्मकै शक्तिशाली भनेर भनिएको छ । के त्यो सामथ्र्यलाई पहिचान गर्न प्रधानमन्त्री केपी ओलीले नसक्नुभएकै हो ?
केपी ओलीलाई शक्तिशाली प्रधानमन्त्री भनियो । देशमा हत्या,बलात्कार, अपराधका यती धेरै घटना भइराखेको छ । प्रधानमन्त्रीले त्यो शक्ति के मा देखाउनुभयो ? निर्मला बलात्कारपछि हत्याकाण्ड के भएको भनेर प्रहरी प्रमुखलाई सोध्न सक्नुभएन । पार्टीका आफ्नै नेताले संसदमै प्रधानमन्त्री र सरकारविरुद्ध तथानाथ बोले । यो के भनेको भनेर सोध्न सकेनन् । त्यसकारण यो सरकारलाई शक्तिशाली भन्नु, दुई तिहाईको भन्नु, केपी ओलीलाई शक्तिशाली प्रधानमन्त्री भन्नु भ्रामक कुरा हो । उनीजस्तो कमजोर प्रधानमन्त्री मेले देखेको छैन । उनको रिमोट प्रचण्डको हातमा छ । त्यहाँभित्र ४/५ वटा गुट मुख आँ गरेर बसिरहेका छन् । जसले ठुँग्यो भने पनि विष केपी ओलीलाई लाग्ने अवस्था छ । मैले त नेपालको पुरै इतिहासमा यतिको कमजोर र अस्थिर सरकार देखेकै छैन ।
प्रसँग बदलौं, अहिले देशको आर्थीक विकासका लागि सबैले दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्नुपर्ने बताइरहेका छन् । के त्यो लक्ष्य हासिल गर्ने बाटोमा सरकार अघि बढिरहेको छ ?
हाम्रो राष्ट्रिय अर्थतन्त्रमा औधोगिक क्षेत्रको योगदान हिजो १६ प्रतिशत हो । अहिले त्यो घटेर ६ प्रतिशतमा आएको छ । रेमिट्यान्सबाट हामी चलेका छौं । रोजगारीको बजारमा वार्षिक ५ लाख मानिसहरु श्रमको बजारमा आउँछन् । जसमध्ये २.९ प्रतिशतले मात्र रोजगारी पाउँछन् । रेमिट्यान्समध्ये पनि ७९ प्रतिशत उपभोग्य सामाग्रीमा खर्च हुन्छ । त्यसको मतलव जहाँबाट आएको हो रेमिट्यान्स उपभोगमार्फत बाहिरै जान्छ । कूल ३० अर्बको त हामी कृषिजन्य सामाग्रीमात्र आयात गर्छौ । धान पनि हामीले आयात गरिरहेको अवस्था छ । युवाहरुको बहिर्गमनले गर्दा देशभित्र काम गर्ने रोजगार पाउन सक्ने अवस्था छैन । बाहिरबाट ८ खर्बको रेमिट्यान्स ल्यायौं भने भारतले मात्र ६ खर्बको रेमिट्यान्स लैजान्छ । के आधारमा देशको आर्थीक दर बढ्छ ? के आधारमा दोहोरो अंकको आर्थक वृद्धिद्धर हासिल हुन्छ ? दोहोरो अंकको अर्थ त बुझ्छन् यीनीहरु ।
अहिलेको अर्थमन्त्री डा.युवराज खतिवडा अर्थतन्त्र बुझेको व्यक्तिका रुपमा लिने गरिन्छ । उहाँको कामकारवाहीलाई कसरी हेर्नुभएको छ ?
अर्थमन्त्रीको पर्फमेन्स एकदमै दुख लाग्दो छ । अर्थ, परराष्ट्र र राजदुत यी पदमा योग्यता पुगेको व्यक्तिले मात्र अवसर पाउनुपर्छ भन्ने कुराको वकालत गर्दै आएको हुँ । ४/५ कक्षा पढेका विष्णु पौडेलले बरु अर्थमन्त्रलाई अहिले भन्दा राम्रो चलाईदिए । सुरेन्द्र पाण्डे बिए पढेका हुन् । उनले नी राम्रो चलाए नै । आइएल पढेका भन्ने वर्षमान पुन त्यतिबेला गुरिल्ला अर्थमन्त्री भन्थे म । तीनको पनि ठिकै थियो । युवराजको त केही गर्यो कि विवाद मात्रे आउँछ । त्यसकारण युवराज खतिवडाको पर्फमेन्स एकदमे दयनिय भयो । पढेलेखेकोपना पनि उनले त्यहाँ देखाउन सकेनन् । अनुभवि व्यक्ति हुन् भन्ने कुरा पनि सिद्ध गर्न सकेनन् । समष्टिमा अर्थमन्त्रकिो रुपमा खतिवडाको काम आलोच्य नै छ ।
अन्त्यमा,प्रतिपक्षी दल नेपाली कांग्रेसको भूमिकाबारे के भन्नुहुन्छ ?
कांग्रेसको भूमिका एकदमै कमजोर र शिथिल छ । शेरबहादुर देउवा दलको नेता भएपनि यो सकियो भनेर मैले त्यतीबेला भन्दा कांग्रेसीहरु हाँस्थे । समयले त्यो कुरालाई सिद्ध गर्यो । शेरबहादुर मेहनत गर्न सक्दैनन् । सत्ताका लागि जे पनि गर्ने भन्ने आलोचना हुन्छ । नराम्रो पराजय भयो चुनावमा । त्यसको जिम्मेवारी पनि लिएनन् उनले । त्यसो भनेको भए ७ महिनामा कांग्रेसले अवस्था सुधाथ्र्यो । कांग्रेसको भूमिका अपेक्षा गर्नु नै बेकार छ । कहिले गोविन्द केसी त कहिले निर्मला पन्तको मुद्धामा रुमल्लिएको छ । आफुले कुनै मुद्धा ल्याउन सकेको छैन ।
प्रकाशित मिति: बिहीबार, पुस ५, २०७५