बुटवल । कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएपछि फरार रहेका एक व्यक्तिलाई प्रहरीले दाङबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रोल्पा कोटगाउँ–६ घर भई हाल दाङको भौवा बस्दै आएका ६० वर्षीय श्यामबहादुर झाँक्री रहेका छन्।
रोल्पा जिल्ला अदालतले २०७० वैशाख ३१ गतेको फैसलामार्फत झाँक्रीलाई कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय सुनाएको थियो। अदालतको फैसला कार्यान्वयन नभई उनी फरार रहेका थिए।
फरार झाँक्रीको खोजी गर्ने क्रममा दाङ प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ। पक्राउ परेका उनलाई आवश्यक कानुनी कारबाहीका लागि प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: शुक्रबार, साउन २९, २०८३