२८ माघ, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका–संसद्बाट पारित दुई विधेयक प्रमाणीकरण गर्नुभएको छ । प्रमाणीकरणको लागि पेस भएको ‘निर्वाचन (कसूर तथा सजाय) विधेयक, २०७३’ र ‘स्थानीय तह निर्वाचन विधेयक, २०७३’ लाई राष्ट्रपति भण्डारीले शुक्रबार प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता प्रल्हादप्रसाद पुडासैनीले जानकारी दिनुभयो ।
प्रकाशित मिति: बिहीबार, माघ २७, २०७३