काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको चालू अधिवेशन अन्त्य गरेका छन् ।
राष्ट्रपति कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले प्रतिनिधिसभा र राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य गर्ने निर्णय गरेका हुन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीका अनुसार असोज १६ गते राति १२ बजेदेखि लागू हुने गरी दुवै सदनको अधिवेशन अन्त्य भएको हो ।
राष्ट्रपति कार्यालयले नेपालको संविधानको धारा १३ को उपधारा (२) बमोजिम अधिवेशन अन्त्य गरिएको जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, असोज १५, २०८३