२७ माघ, काठमाडौँ । विश्व फुटबल महासंघको वरियतामा नेपाल दुई स्थान माथि उक्लिएको छ । फिफाले बिहीबार सार्वजनिक गरेको वरियतामा नेपाल १ सय ७३ औँ स्थानमा पुगेको छ । दक्षिण एसियाली देशमध्ये भारत सबैभन्दा माथि १ सय ३० औँ स्थानमा छ । माल्दिभ्स ५ स्थान उक्लिएर १ सय ४० आँै स्थानमा पुगेको छ । अफगानिस्तान १ सय ५१ स्थानमा छ । नेपाल भन्दा तल भुटान १ सय ७७, बंगलादेश १ सय ९०, श्रीलंका १ सय ९६ र पाकिस्तान १ सय ९८ औँ स्थानमा छन् । फिफा वरियताको शिर्ष स्थानमा अर्जे्न्टिना, दोस्रोमा ब्राजिल र तेस्रोमा जर्मनी छन् ।
प्रकाशित मिति: बुधबार, माघ २६, २०७३