काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साढे पाँच महिनापछि स्वदेश फर्किएका छन् ।
गत फागुन १३ गते पूर्वमन्त्रीसमेत रहेकी श्रीमती आरजु राणासहित उपचारका लागि सिंगापुर गएका देउवा बिहीबार नेपाल फर्किएका हुन् ।
देउवा नेपाल फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाजागाजा र झाँकीसहित उनको भव्य स्वागत गरिएको छ । संस्थापनइतर समूहको राष्ट्रिय भेलामा सहभागी हुन काठमाडौं आएका देशभरका कांग्रेस कार्यकर्ताहरू देउवाको स्वागतका लागि विमानस्थल पुगेका थिए ।
देउवा शुक्रबार सुकेधारास्थित पार्टी प्यालेसमा आयोजना हुने संस्थापनइतर पक्षको राष्ट्रिय भेलामा सहभागी हुने कार्यक्रम रहेको छ । भेलामा पार्टीको आन्तरिक एकता, आगामी रणनीति तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।
प्रकाशित मिति: बिहीबार, साउन २८, २०८३