काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीको सभापति शेरबहादुर देउवा नै रहेको दाबी गरेका छन्।
करिब पाँच महिनापछि स्वदेश फर्किन लागेका देउवाको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका कोइरालाले कांग्रेस अब एकताबद्ध भएर अघि बढ्ने दाबी गरे।
इतर पक्षको राष्ट्रिय भेला आयोजक समितिका संयोजकसमेत रहेका कोइरालाले आफूहरूको प्रयास पार्टीलाई एकताबद्ध बनाउनेतर्फ केन्द्रित रहेको बताए।
उनले पार्टीको नेतृत्व र संगठनलाई लिएर देखिएका मतभेदलाई अन्त्य गर्दै कांग्रेसलाई एकताबद्ध बनाउन आवश्यक रहेको बताए।
यसैबीच, इतर पक्षले शुक्रबार काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्दैछ। भेलाको उद्घाटन सभापति शेरबहादुर देउवाले गर्ने जनाइएको छ।
प्रकाशित मिति: बिहीबार, साउन २८, २०८३