काठमाडौं । स्थानीय बजारमा आज (असोज १२) सुनचाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँले घटेको छ भने चाँदीको मूल्य प्रतितोला १४५ रुपैयाँले घटेको छ।
आज छापावाल सुन प्रतितोला २ लाख ९४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला ४ हजार ५१० रुपैयाँ कायम भएको छ।
आइतबार (असोज ११) छापावाल सुन प्रतितोला २ लाख ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। चाँदी प्रतितोला ४ हजार ६५५ रुपैयाँमा कारोबार भएको थियो।
प्रकाशित मिति: सोमबार, असोज १२, २०८३