काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग कार्यवाहक प्रधानमन्त्री डा. स्वर्णिम वाग्लेले शिष्टाचार भेट गरेका छन्।
बुधबार बिहान राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।
प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन मंगलबार अमेरिका प्रस्थान गरेपछि अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको हो।
प्रकाशित मिति: बुधबार, असोज ७, २०८३