२३ माघ, बारा । विजय युथ क्लब बारामा जारी सिमरा गोल्डकप फुटवलको सेमिफाइनलमा पुगेको छ । आइतबार भएको खेलमा सरस्वती युथ क्लवलाई सडन डेथमा पराजित गर्दै विजय युथ क्लव सेमिफाइनलमा प्रवेश गरेको हो । खेलको निर्धारित समयमा दुवै टोलीले गोल गर्न सकेका थिएनन् । प्रतियोगितामा सोमबार हिमालयन शेर्पा र रुपन्देही ११ बीच खेल हुनेछ ।
प्रकाशित मिति: शनिबार, माघ २२, २०७३