काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री बालेन शाह आज साँझ ७ बजे अमेरिका प्रस्थान गर्दैछन्।
अमेरिका जाने भएपछि प्रधानमन्त्री शाहले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई दिन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका थिए।
प्रधानमन्त्री शाहको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्री तोकेका छन्।
प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा असोज ८ गते सम्बोधन गर्ने कार्यक्रम छ। उनी असोज १० गते स्वदेश फर्किने कार्यतालिका रहेको छ।
प्रकाशित मिति: मंगलबार, असोज ६, २०८३