२३ माघ, काठमाडौँ । साताको सेयर कारोबारको पहिलो दिन आइतबार बजार १७.९५ अंकले ओरालो लाग्दा परिसूचक १३६४.५० अंकमा पुगेको छ । १२२ कम्पनीको ६ लाख ३३ हजार सात सय ७८ कित्ता सेयर २६ करोड १४ लाख ३९ हजार रुपैयाँमा कारोबार भएको छ । आइतबार होटेल बाहेक अन्य समूहको परिसूचक ओरालो लागेको छ । होटेल समूहको परिसूचक ७.८९ अंकले उकालो लागेको छ । सबै भन्दा बढी बिमा समूहको परिसूचक १२६.५५ अंकले ओरालो लागेको छ ।
यस्तै बैंकिङ समूहको परिसूचक २०.७२, वित्त समूहको अन्य समूहको परिसूचक ९.५४, वित्त समूहको ५.७२, विकास बैंक समूहको परिसूचक ४.०२ र जलविद्यूत समूहको परिसूचक ०.३८ अंकले ओरालो लागेको छ । डिप्रोक्स डेभलपमेन्ट बैंकको तीन करोड २९ लाख ९१ हजार रुपैयाँको सेयर कारोबार भएको छ । यस्तै प्रभू बैंकको एक करोड ५८ लाख ८६ हजार रुपैयाँको सेयर कारोबार भएको छ । नेपाल लाईफ इन्स्योरेन्सको एक करोड ५८ लाख ८६ हजार रुपैयाँको सेयर कारोबार भएको छ भने नेपाल इन्भेष्टमेन्ट बैंकको एक करोड ३७ लाख ३३ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।
प्रकाशित मिति: शनिबार, माघ २२, २०७३