काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय संयोजन समितिको बैठक मंगलबार बस्ने भएको छ ।
पार्टी प्रवक्ता प्रकाश ज्वालाका अनुसार संगठनात्मक गतिविधिबारे छलफल गर्न बैठक आह्वान गरिएको हो ।
पार्टी समायोजनको काम अझै बाँकी रहेकाले त्यसबारे छलफल हुने उनले बताए । केही जनवर्गीय संगठनको टुंगो लगाउनुपर्ने भएकाले बैठकमा त्यस विषयमा पनि छलफल हुने उनको भनाइ छ ।
बैठकमा पार्टी सदस्यता नवीकरण, संगठन समायोजन र महाधिवेशनलगायत विषयमा छलफल हुने ज्वालाले जानकारी दिए ।
त्यस्तै, राष्ट्रिय राजनीति, सरकारले गरेका ‘गलत क्रियाकलाप’ तथा सदनभित्र र बाहिर त्यसको खबरदारी र विरोधका विषय पनि बैठकका एजेन्डा रहेको उनले बताए ।
प्रकाशित मिति: आइतबार, असोज ४, २०८३