२१ माघ, काठमाडौँ । मुलुक विखण्डन गर्ने अभिव्यक्ति दिएको भन्दै सिके राउतलाई कडा कारवाहीको माग गर्दै युवाहरुले काठमाडौंमा प्रर्दशन गरेका छन् । प्रहरीले राउतलाई विगतमा पटक पटक पक्राउ गर्दै रिहा गरेको भन्दै रैथाने एकता परिषदले मुलुक विखण्डन गर्न खोजेको भन्दै राउतलाई कारवाहीको माग गरेका हुन् । उनीहरुले शुक्रबार काठमाडौंको नयाँ बानेश्वरमा प्रर्दशन गरेका हुन् । रैथाने एकता परिषदले तराई मधेशका केही अगुवाले राउतलाई अघि सारेर आफ्ना मधेसी जनताको अधिकार भन्दा पनि मुलुक विखण्डन गर्न खोजेको उनीहरुको आरोप छ ।
प्रर्दशनीमा सहभागीहरुले राउतका अभिव्यक्ति राष्ट्रिय अखण्डताको विरुद्ध भएको भन्दै प्लेकार्डमार्फत कडा कारबाही गर्न माग गरे।
राउत बिहिबार जनकपुरबाट पक्राउ परेका थिए । राउतलाई राज्य विरुद्धको संगठित अपराध अन्तरगत मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । राउतले छुटै मधेश राज्यको माग गर्दै विभिन्न अभियान संचालन गर्दै आएका छन् ।
प्रकाशित मिति: बिहीबार, माघ २०, २०७३