२१ माघ, काठमाडौँ । प्रहरीले शुक्रबार पनि त्रिभुवन विमानस्थलबाट अवैध सुनसहित ए जनालाई पक्राउ गरेको छ । तेह्रथुम श्रीजंग–५ का ३३ वर्षिय यादवप्रसाद दाहाललाई भन्सार छलेर लैजान लागेको अवैध सुनसहित प्रहरीले विमानस्थलबाट पक्राउ गरेको जनाएको छ । विमानस्थलको पार्किङ एरियामा विदेशबाट आगमन भएका नेपाली यात्रुको साथबाट सुनको बेरूवा औंठीहरु ४ थान (९९ ग्राम) अन्दाजी ४ लाख ६७ हजार ६ सय ७६ रुपैयाँ बराबरको संकलन गरी भन्सार छली लैजान लागेको अवस्थामा दाहालललाई प्रहरीले फेला पारेको जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, माघ २०, २०७३