बर्दिया । बर्दियाको मधुवन नगरपालिका– ८ शिवदुर्गा माध्यमिक विद्यालय दुर्गापुरमा रहेको क्वारेन्टाइनबाट बिहीबार बिहान १ युवती फरार भएकी छिन् ।
उनी भागेको जानकारी पाउनासाथ खोजी भइरहेको वडाध्यक्ष विजय रानाले बताए ।
काममा रहेका प्रहरी शौच गर्न गएको मौका छोपी युवती फरार भएकी हुन् । विद्यालयमा ४३ शय्या रहेकामा अहिले त्यहाँ ५ जना मात्र छन् ।
तीमध्ये ४ पुरुष र १ महिला थिए । निज युवती ५ दिनअघि मात्र बाँकेबाट आएकी हुन् ।
प्रकाशित मिति: बिहीबार, जेठ १, २०७७