नयाँ काेराेना भाइरस काेभिड-१९ काे उद्गम मुलुक चीनले आफ्नाे देशमा काेराेनाकाे प्रकाेप समाप्त भएकाे घाेषणा गरेकाे छ । बिहीबार एक चिनियाँ अधिकारीले काेराेना संक्रमणकाे प्रकाेप सकिएकाे बताएका हुन् ।
चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएअनुसार उनले काेराेना प्रकोपको उच्चतम बिन्दु हाललाई सकिएको बताएका हुन् ।
राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फेङले नयाँ बिरामी हुने दर घट्दो क्रममा रहेको र समग्र महामारी पनि तल्लो तहमा सीमित रहेको बताएका हुन् ।
कोरोना संक्रमणको सुआती केन्द्र वुहानमा पनि नयाँ संक्रमितकाे संख्या लगभग शून्यतिर पुग्न लागेकाले प्रकाेप लगभग सकिएकाे बताए । उनका अनुसार बुधबार ८ जना मात्रै नयाँ संक्रमित पाइएकाे थियाे ।
गत डिसेम्बरमा वुहानबाट फैलिएको कोभिड–१९ को संक्रमण अहिले विश्वका १२० भन्दा बढी देशमा फैलिइसकेको छ। बिहीबार दिउँसोसम्म एक लाख २६ हजारभन्दा बढीमा यसको संक्रमण देखिएको छ भने ४ हजार ६ सय ३८ जनाको मृत्यु भएको छ।
प्रकाशित मिति: बिहीबार, फागुन २९, २०७६