पाकिस्तानको सेयर बजार गत शुक्रबार एकैदिनमा ८ सय अंकले घटेको छ । उक्त गिरावट १७ वर्षयताकै बढी भएको पाकिस्तानी समाचार संस्थाहरुले जनाएका छन् ।
बजारमा देखिएको उथलपुथलले विभिन्न क्षेत्रमा प्रभाव परेको पाकिस्तानी समाचार संस्थाहरुले जनाएक छन् । शुक्रबारसहित पछिल्लो दुई दिनमा पाकिस्तानी रुपैयाँको अवमूल्ययन ५ रुपैयाँ बढीले गहिरिएको एक्सेचेन्ज कम्पनिज एसाेसियसन अफ पाकिस्तान इक्यापले जनाएको छ ।
एक डलर बराबर पाकिस्तानी रुपैयाँ एक सय ४९ पुगेको छ । खुला बजारमा एक डलरको मूल्य एक सय ५१ पाकिस्तानी रुपैयाँ बराबर पुगेको छ ।
स्टक कम्पनीज एसाेसिएसन अफ पाकिस्तान इक्यापले पछिल्लो दुई दिनमा पाकिस्तानी मूल्य अवमूल्ययन बढ्दा सेयर बजार प्रभावित भएको जनाएको छ । शुक्रबार ३३ हजार ९७१.१२ अंकमा खुलेको बजारमा ८०४५० अंकको गिरावट आएको थियो ।
इक्याप सूचक शुक्रबार २.४३ प्रतिशतले नकारात्मक बनेर ३३ हजार १६६.६२ मा बन्द भएको जनाएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ ५, २०७६