अल–ढालिया प्रान्तको क्वाताबा जिल्लालाई नियन्त्रणमा लिन विद्रोही हुथी लडाकूहरु अघि बढेको बताइएको छ । सरकारी सेनाको मद्दतका लागि साउदी–गठबन्धनका सेनाबाट हुथी विरुद्ध हवाई कारबाही पनि गरिएको थियो । हुथी विद्रोहीहरुले आफ्ना लडाकाको ज्यान गएपछि तोपबाट गोलाबारी गरेका थिए । सरकारी फौजले पनि विद्रोहीमाथि कारबाही गर्न भारी मेसिनगन क्वाताबा जिल्लामा परिचालन गरेको थियो ।
गत मङ्गलबार अमेरिकी विशेषदूत मार्टिन ग्रिफिथले ढालियामा जारी द्वन्द्वबाट आफू निकै चिन्तित भएको बताउँदै दुबै पक्षलाई संयम अपनाउन आग्रह गर्नुभएको छ । यमनमा सन् २०१४ देखि गृहयुद्ध जारी छ । हुथी विद्रोहीले अन्तर्राष्ट्रिय रुपमै मान्यताप्राप्त राष्ट्रपति अब्द–रब्बु मन्सुर हाडीको सरकार अपदस्थ गरी निर्वासित हुन बाध्य पारेलगत्तै गृहयुद्ध चर्किएको हो ।