जेरुसेलम । इजरायलका एकजना पूर्व मन्त्रीलाई इरानको लागि जासूस गरेको आरोपमा एघार वर्षको जेल सजाय सुनाउने तयारी भएको न्याय मन्त्रालयले जनाएको छ ।
गोनेन सेगेभ नामक यी मन्त्रीले गम्भीर रुपमा गुप्तचरी गर्दै सूचनाहरु इरानलाई दिएको मन्त्रालयद्धारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।
जेल सजाय आगामी फेब्रुअरी ११ दिनमा सुनाइने प्रकाशित समाचारमा जनाइएको छ ।
सेगेभले सन १९९५ बाट १९९६ सम्म उर्जा र निर्माण मन्त्रीको पद सम्हालेका थिए । यसअघि अन्य अपराधहरुको अरोपमा पनि सेगेभले सजाय भोगिसकेका छन् ।
सन् २००४ मा करिब ३० हजार नशालु ट्याबलेट तस्करी गरेको र इजरायलबाट नेदरल्याण्डमा जान समयसीमा नाघेको राहदानीको प्रयोग गरेको आरोप उनीमाथि लागेको थियो ।
प्रकाशित मिति: बुधबार, पुस २५, २०७५