जकार्ता । इन्डोेसियामा ज्वालामुखी विस्फोटपछि आएको सुनामीका कारण मृत्यु हुनेको संख्या ४ सय २९ पुगेको छ । सुनामीबाट मृत्यु हुनेमध्ये १ सय ८ जना दक्षिण लामपुंगका रहेका छन् ।
बीएनपीबीका प्रवक्ता सुतुपो पुर्वो नुगरोहोले भने, ‘२२ डिसेम्बरमा आएको सुनामीका कारण मृत्यु हुनेको संख्या बढिरहेको छ । मंगलबार २५ डिसेम्बरसम्म ४२९ जनाको मृत्यु भइसकेको छ, जसमा १ सय ८ जना दक्षिण लामपुंगका रहेका छन् ।’
जकार्तामा पत्रकारसँगको कुराकानीका क्रममा भने, ‘समुद्रमा पनि शब भेटिइरहेको छ । सुनामीको लहरमा बगेर आएकाहरुको शब अझै भेटिनेक्रम जारी छ ।’
अहिले पनि १५० जना बेपक्ता रहेका छन् भने १ हजार ६ सय घरबारबिहीन बनेका छन् ।
प्रकाशित मिति: सोमबार, पुस ९, २०७५