लन्डन । बेलायती प्रधानमन्त्री थेरेसा मेमाथि पार्टीकै सांसदले दर्ता गरेको अविश्वासको प्रस्ताव असफल भएको छ ।
सत्तारुढ कन्जरभेटिभ पार्टीका सांसदहरुले दर्ता गरेको अविश्वासमाथि बुधबारराति मतदान भएको थियो । मतदानमा प्रधानमन्त्री मेको पक्षमा २०० सांसदले मत दिएका थिए भने विपक्षमा ११७ मत परेको थियो ।
विश्वासको मत प्राप्त गरेपछि पार्टीभित्र आगामी एक वर्षसम्म उनको नेतृत्वलाई चुनौती दिन पाइने छैन । पार्टीमा विश्वासको मत नजितेको भए उनी नेतृत्वबाट हट्न थिइन् ।
प्रधानमन्त्री मेको ब्रेक्जिट नीतिको विरोध गर्दै उनकै पार्टीका ४८ जनाले अविश्वासको प्रस्ताव पेश गरेका थिए । प्रधानमन्त्री मेले सन् २०१६ मा भएको जनमत संग्रहमा मतदातालाई उत्साहित गर्न नसकेको आरोप लगाउँदै सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।
प्रकाशित मिति: बुधबार, मंसिर २६, २०७५