नयाँ दिल्ली । भारतका ५ वटा राज्यमा भएको विधानसभा निर्वाचनमा सत्तारुढ भारतीय जनता पार्टीले ठूलो हार व्यहोरेको छ ।
भाजपाले राजस्थान, मध्यप्रदेश र छत्तीसगढमा ठूलो हार भोग्नु परेको छ । गत विधान सभा निर्वाचनको तुलनामा १८५ सिट गुमाएको छ ।
निर्वाचनको परिणाम आएलगत्तै प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल ट्विटमार्फत हारजीत जीवनको हिस्सा भएको बताएका छन् । उनले निर्वाचनमा कार्यकर्ताले गरेको मेहनतका लागि धन्यवाद दिएका छन् ।
उनले जनताले दिएको म्यान्डेड स्वीकार गर्ने उल्लेख गरेका छन् । सन् २०१३ बहुमत पाएका मध्ये भाजपाले मध्यप्रदेशमा ५७, राजस्थानमा ९० र छत्तीसगढमा ३४ सिट गुमाएको छ ।
अघिल्लो चुनावमा पाँच सिट जितेको तेलंगनामा भाजपाले एक सिट मात्रै जितेको छ भने मिजोरममा पहिलो पटक एक सिट जित्न सफल भएको छ ।
भारतीय राष्ट्रिय कांग्रेसले मध्यप्रदेशमा ११४, राजस्थानमा १०१ र छत्तीसगढमा ६८ स्थानमा जित हात पारेको छ । मध्यप्रदेशमा बहुमतका लागि दुई सिट कम छ भने राजस्थान र छत्तीसगढमा कांग्रेसको एकल बहुमत छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०७५