मानवअधिकारवादी समूह सर्भाइबल इन्टरनेशनलले भारतीय अधिकारीलाई अमेरिकी मिशनरी जोन एलिन शाओको शब फिर्ता लैजाने कोशिसमाथि रोक लगाउनुपर्ने माग गरेका छन् । समूहले यस्तो कोशिस सेन्टिनल जनजातिका मानिस र अधिकारी दुवैका लागि खतरनाक साबित हुनसक्ने बताएका छन् ।
हालै अमेरिकी मिशनरी जोन एलिन शाओको मृत्युपछि अन्डमान निकोबारको सेन्टिनल टापुमा रहेका समुदाय धेरै चर्चामा आएका थिए । १७ नोभेम्बरमा २७ वर्षीय शाओलाई नर्थ सेन्टिनल लैजाने माछा मार्ने माझीले ती जनजातिका मानिसलाई शाओको मृत शरीर समुद्रको किनार छेउमा ल्याएर गाढिरहेको देखेको बताएका थिए ।

उनले पछि शब गाढिएको भनेको ठाउँमा अधिकारवादीलाई पनि लगेका थिए । यस घटनाका बारेमा ८० वर्षीय भारतीय मानवशास्त्री टीएन पण्डितले भने, ‘ती अमेरिकी युवाको मृत्युमा म धेरै दुःखी छु । तर उनले एक गल्ती गरे । बाँच्नका लागि उनीसँग मौका थियो, तर उनी त्यही बसे र जीवन गुमाए ।’
यी मानवशास्त्री पण्डित ती सीमित मान्छेमध्ये एक हुन्, जसले अन्डमान द्विपमा रहेका सेन्टिनल जनजातिसँग भेट गरेका छन् । सन् १९९१ मा सरकारी अभियानमा सामेल पण्डितले पनि यस प्रकारको अवस्थाको सामना गरेका थिए ।
उनी भन्छन्, ‘म उनीहरुलाई नरिवल दिएर मेरो टोलीसँग किनारतर्फ गइरहेको थिएँ । एक सेन्टिनल युवाले अचम्मको अनुहार बनाए र आफ्नो चक्कु लिएर म तर्फ मेरो टाउको काट्ने इशारा गरे । मैले तत्काल डुंगा बोलाए र फर्किएँ । उसको इशाराले उसले मेरो स्वागत गरेन भन्ने प्रष्ट थियो ।’

डरलाग्दो अनुहार
सन् १९७३ मा आफ्नो पहिलो यात्रालाई सम्झदै टिएन पण्डितले भने, ‘हामी भाँडा, गाग्री, नरिवल, हथौडा र चक्कु जस्ता सामान उपहार लिएर गएका थियौं । हामीसँग स्थानीय ओंग जनजातिका तीनजना पुरुषहरु पनि लिएर गएका थियौं, यसको उद्देश्य भनेको उनीहरुको कुरा बुझ्न सहज होस् भन्ने थियो ।’
यस सम्बन्धमा उनले सन् १९९९ मा एउटा लेख पनि लेखेका थिए, जसमा उनले आफूमाथि त्यहाँ भएका व्यवहार उल्लेख गरेका छन् । उनले त्यो क्षण सम्झदै भनेका छन्, ‘सेन्टिनल जनजाति रिसाउँदा आफ्नो गम्भीर अनुहारसँगै लामो धनुष र तीरसँगै सशस्त्र भएर हाम्रो सामू आए । उनीहरु आफ्नो जमिन बचाउनका लागि घुसपैठियासँग लड्न तयार भएका थिए ।’ बाँधेर लगिएको सुँगुर पनि उनीहरुका लागि उपयुक्त उपहार थिएन । यसलाई उनीहरुले भालाले मारे र बालुवामुनी पुरिदिए । उनीहरुको बारेमा धेरै कम जानकारी मात्रै छ, यसकारण सेन्टिनलका बारेमा केही मिथक पनि छ । त्यही लेखलाई याद गर्दै उनले भनेका छन्, ‘द्विप र पोर्ट ब्लेयर (नजिकको ठूलो बन्दरगाह) मा एक लोकप्रिय धारणा थियो कि उत्तरी सेन्टिनेल द्विपमा पठानका अपराधी छन्, जो ब्रिटिस जेलबाट फरार भएका थिए ।’

सन् १९७० को दशकमा पण्डित र उनीहरुका सहयोगीले उनीहरुलाई बुझ्ने र उनीहरुसँग सम्बन्ध स्थापित गर्नका लागि एक अभियान चलाएका थिए । जसको सफलता उनीहरुलाई १९९१ मा मात्रै मिल्यो । उनी भन्छन्, ‘उनीहरुले हामीलाई किन अनुमति दिए भन्ने विषयले हामी नै अचम्ममा थियौं ।’
उनीहरुको शर्तमा छलफल गर्ने गरी यो भेटको निर्णय यनीहरुले नै गरेका थिए । हामी डुंगाबाट बाहिर निस्कियौं र उनीहरुलाई नरिवल र अन्य उपहार दियौं, तर हामीलाई उनीहरुको टापुमा पाइला राख्ने अनुमति थिएन । हमलाको विषयलाई लिएर उनीहरु त्यति चिन्तित थिएनन्, तर हरेक समय सतर्क देखिन्थे ।
हाम्रो कुराकानीका क्रममा उनीहरुले केही पटक धम्क्याए तर हाम्रो कुराकानी हामीलाई मार्ने या घाइते बनाउने अवस्थासम्म कहिल्यै पुगेन । उनीहरु उत्तेजित भएर प्रस्तुत हुँदा हामी नरम भइदिन्थ्यौं ।
सेन्टिनेलिस न अग्ला छन्, न त होचा । उनीहरु धनुष र तीर लिएर हिड्छन् । आपसमा कुराकानी पनि गर्छन् । तर हामी भाषा बुझ्न सक्दैनौं । सुन्दा अन्य स्थानीय जनजातिजस्तै लाग्थ्यो । हामीले सांकेतिक भाषामा कुराकानी गर्ने कोशिस पनि ग¥यौं । तर उनीहरु नरिबल संकलन गर्न व्यस्त थिए ।
यो समुदाय धनुष र तीरबाट माछा मार्नका लागि परिचित छ । जंगली सुँगुर, जमीनमा फल्ने फलपूmल–सागसब्जी र मह पनि खान्छन् । उनीहरु समुद्रको यात्रा गर्दैनन् ।

कडा सुरक्षा
उनीहरु आफ्नो क्षेत्रको सुरक्षा गर्नका लागि घुसपैठियामाथि हमला गर्ने गर्छन् । सन् २००६ मा नर्थ सेन्टिनल आइल्यान्डको नजिक पुगेका केही माझीको हत्या गरेका थिए । भारतीय अधिकारीले २००४ को बक्सिङ डे सुनामीपछि एरियल सर्भे गर्दा एक सेन्टिनेल व्यक्तिले बाणको सहयोगले हेलिकप्टर खसाल्ने कोशिस गरेका थिए ।
विचित्र इतिहास
अन्डमान द्वीपमा चार अफ्रिकन जनजातिका घर छन्–अंडमानी, जोंग, जारवा र सेन्टिनेलिस । निकोबार द्विपमा दुई मंगोलियन जनजातिका घर छन्, –शोम्पेन र निकोबारिस । ब्रिटिस औपनिबेशिक अधिकारीले द्विपमा एक दण्ड कोलोनीको स्थापना गरेका थिए, जो सन् १८५७ को युद्धमा भाग लिएका शत्रुको घर मानिन्थ्यो । जसलाई इतिहासकारहरुले भारतीय स्वतन्त्रता पहिलेको युद्धको रुपमा बर्णित गरेका छन् । राज र ग्रेट अन्डमानिजका सैनिकबीच पहिलो लडाई सन् १८५९ मा भएको थियो । जसको परिणाम पहिल्यै निर्धारित थियो । औपनिवेशिक युगमा जारबासमा रहने अन्य समुदायमा पनि दण्ड सम्बन्धित अभियान थिए । लडाई र विरामीका कारण सबै मुख्य समूहको जनसंख्यामा कमी आयो । तर सेन्टिनेलिस अलग टापुमा भएका कारण ओपनिवेशिक संकटबाट बाँच्यो ।

अहिंसात्मक
हिंसा गर्ने छवि उनीहरुको बन्यो । पण्डितका अनुसार यो सही होइन । सेन्टिनेलिस शान्तिप्रिय छन् । उनीहरुलाई आक्रमण मन पर्दैन । हैरानीका कारण उनीहरु आसपासका क्षेत्रमा पनि जाँदैनन् । यो एक दुर्लभ घटना हो ।
भारतीय नौसेना र तट रक्षक यो क्षेत्रको नियमित रुपमा गस्ती गर्छन् । अनुमतिबिना यहाँ कुनै पनि घुसपैठिया यो टापुको नजिक जान पनि सक्दैनन् । जस्तो अमेरिकी पर्यटकको घटना पनि यस्तै हो ।
पण्डित द्विपमा उपहार दिने अभियान र सेन्टिनेलिससँग मित्रतापूर्वक सम्पर्क गर्ने कामको समर्थन गर्छन् ।

प्रकाशित मिति: आइतबार, मंसिर १६, २०७५