वासिंगटन । मेक्सिकोका नयाँ विदेशमन्त्री मार्सेलो इब्रार्ड र अमेरिकी बिदेशमन्त्री माइक पोम्पेओबीच सीमा क्षेत्रमा रहेको आप्रवासी समस्या समाधानका विषयमा छलफल भएको छ ।
यी दुई देशको सीमा क्षेत्रमा आप्रवासीहरुको कारण तनाव जारी रहेका बेला दुई देशका उच्च कूटनीतिज्ञबीच भेटवार्ता भएको हो । मेक्सिकन विदेशमन्त्री मार्सेलोले भेटघाट सौहार्दपूर्ण भएको टिप्पणी गरेका छन् ।
मेक्सिकोमा नयाँ राष्ट्रपति आन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरले आफ्नो कार्यकाल शुरु गरेको एक दिनपछि दुई देशबीचका विदेशमन्त्रीबीच यो भेटवार्ता भएको हो ।
लामो समयको पर्खाइपछि अमेरिका र मेक्सिकोबीच यसप्रकार मित्रतापूर्वक भेटवार्ता भएको मेक्सिकन विदेशमन्त्री मार्सेलोले गरेको ट्वीटमा भनिएको छ ।
दुई देशकाबीचमा लामो समयपछि सुरु भएको विवादपछि यो पहिलो पटक सौहार्द रुपमा द्धिपक्षीय वार्ता भएको उनले जानकारी दिएका छन् ।
प्रकाशित मिति: आइतबार, मंसिर १६, २०७५