कोलम्बो । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले रनिल विक्रमासिंघेलाई प्रधानमन्त्रीको पदमा पुनः बहाली गर्ने स्पष्ट पारेका छन् ।
श्रीलंकामा एक महिनादेखि राजनीतिक संकटको अवस्था छ । विक्रमासिंघेको पार्टीको संसदमा बहुमत रहेपछि महिन्दा राजापाक्षेलाई प्रधानमन्त्री बनाउने सिरिसेनाको एक पटकको प्रयास असफल भइसकेको छ ।
पत्रकारसँगको कुराकानीका क्रममा सिरिसेनाको गला अवरुद्ध भयो । उनले सन् २०१५ को निर्वाचनमा आफूलाई साथ दिएका विक्रमासिंघ अत्याधिक भ्रष्टाचारी रहेको खुलासा गरे ।
सिरिसेनाले विक्रमासिंघेलाई २६ अक्टोबरमा पदबाट बर्खास्त गरिदिएका थिए । विक्रमासिंघेको युनाइटेड नेशनल पार्टीको हवाला दिँदै उनले भने, ‘यहाँ सम्मकी यूएनपी बहुमतमा भएपनि म उनीहरुलाई रनिल विक्रमासिंघेलाई मेरो अघि ल्याउन भन्दिन र म उनलाई प्रधानमन्त्री बनाउँदिन ।’
मैत्रीपाला सिरिसेनाले गत महिना प्रधानमन्त्रीलाई बर्खास्त गर्ने विवादास्पद निर्णण् गरेपछि उत्पन्न राजनीतिक संकट समाधानका लागि भएको पछिल्लो सर्वदलीय बैठकमा पनि कुनै सहमति बन्न सकेन ।
प्रकाशित मिति: आइतबार, मंसिर ९, २०७५