काठमाडौं । भारतीय सेनाका प्रमुख धिरज सेठ चारदिने नेपाल भ्रमणका लागि आइतबार काठमाडौं आउँदै छन्। प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन्।
भ्रमणका क्रममा सेठले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न ग्रहण गर्नेछन्। सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजना हुने कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई दर्ज्यानी चिह्न प्रदान गर्नेछन्।
त्यसैगरी, सोमबार नै जंगी अड्डामा प्रधानसेनापति सिग्देल र भारतीय सेना प्रमुख सेठबीच द्विपक्षीय भेटवार्ता हुनेछ। नेपाली सेनाका अनुसार भ्रमणको अर्को उद्देश्य नेपाल–भारतबीचको सैन्य सम्बन्धलाई थप प्रगाढ बनाउनु हो।
सेठ बुधबार स्वदेश फर्किने कार्यक्रम रहेको छ।
प्रकाशित मिति: आइतबार, साउन ३१, २०८३