बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा पहिरोमा परी एक युवती बेपत्ता भएकी छन् भने दुई जना घाइते भएका छन्।
अविरल वर्षापछि खसेको पहिरोमा परी स्थानीय २० वर्षीया प्रतीक्षा थापा बेपत्ता भएकी हुन्। पहिरोमा परेर स्थानीय धर्म थापा र धौलीदेवी रावल घाइते भएका छन्।
धर्म थापाको बायाँ खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। त्यस्तै, धौलीदेवी रावलको टाउको, खुट्टा र शरीरमा चोट लागेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी नरेशबहादुर शाहीले जानकारी दिए। घाइते दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल मार्तडी ल्याइएको छ।
पहिरोले स्थानीय धर्म थापा र कर्णबहादुर थापाको घर पूर्ण रूपमा क्षति भएको प्रहरीले जनाएको छ।
बेपत्ता प्रतीक्षा थापाको खोजीका लागि प्रहरी नायब उपरीक्षक शैलेश्वरी बोहराको नेतृत्वमा टोली परिचालन गरिएको छ। खोजी तथा उद्धार कार्यमा नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी बल, नेपाली सेना र स्थानीयवासीसमेत खटिएका छन्।
प्रकाशित मिति: शुक्रबार, साउन २९, २०८३