काठमाडौं । ललितपुरका अधिकांश क्षेत्रमा शुक्रबार बिहान करिब दुई घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार पाटन सबस्टेसनको ६६ केभी बसबारको मर्मतसम्भार गर्नुपर्ने भएकाले शुक्रबार बिहान ५ बजेदेखि ७ बजेसम्म विद्युत् आपूर्ति बन्द गरिनेछ।
पाटन सबस्टेसनबाट विद्युत् आपूर्ति भइरहेका ललितपुरका अधिकांश क्षेत्रमा मर्मतसम्भारका क्रममा ‘सटडाउन’ हुने भएकाले विद्युत् सेवा प्रभावित हुने प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार मर्मतसम्भार कार्य निर्धारित समयभन्दा अगावै सम्पन्न भएमा विद्युत् आपूर्ति त्यसैअनुसार नियमित गरिनेछ।
प्रकाशित मिति: बिहीबार, साउन २८, २०८३